जे गर्छ कानुनले गर्छ, सबैले कानुनको सम्मान गरौः रिमा

बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणले सामाजिक सञ्जाल मात्र नभएर मनोरन्जन क्षेत्रपनि तातिएको छ । कलाकारहरुले सामाजिक सञ्जालमार्फत आफ्नो विचार पोखिरहेका छन् ।
त्यस्तै आज अभिनेत्री रिमा विश्वकर्माले पनि यस विषयमा मुख खोलेकी छिन् । राइजिङ स्टार म्यासन ग्रीनउड पनि प्रेमिकासँगको यौन सम्बन्धको कारण जेल परेपनि कुनै फ्यान उनको पक्षमा ननिस्केको उनले बताएकी छिन् ।
उनले लेखेकी छिन्,‘जस्टिस फर ग्रिनउड’भनेर निस्केको देखिएन जे गर्छ कानुनले गर्छ भनेर सबै कानुनको सम्मान गरे । यो शिक्षित र असल नागरिकको बास्तविक पहिचान भनेको यहि हो ।’