रेखा थापालाई गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी

अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ ।

नायिका रेखा थापा, ऋचा शर्मालगायत नायिकाहरूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा रेखा थापाकी दिदी तारा राणाले निवेदन दिएकी हुन्।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्।

निवेदनमा रेखासहित नायिका ऋचा शर्मा, शृंखला खतिवडा, प्रियंका कार्कीलगायत युट्युबमा तथानाम गाली गरिएको उल्लेख छ।

२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छरु कती पटक यौन संपर्क भयोरु यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ । थापाले लेखेकी छन्

ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालले बताए ।