जब रचना रिमाल टिकटक कारण स्टेजमै रोइन् …

नाम चलेको र प्रतिष्ठित कलाकार नै टिकटक लाइभमा बसेर पैसा कमाउने कुरा पनि अब नयाँ रहेन । आदर्श मानिएका सेलिब्रिटीको नै टिकटक लाइभमा बसेर पैसा कमाउन थालेको भन्दै आलोचना पनि हुने गरेको छ । मिडियादेखि सर्वसाधारणले कलाकारको यस्तो हर्कतको विरोध पनि गरेका छन् तर टिकटक लाइभमा आउने कलाकारको तर्क भन्ने भिन्न हुने गर्छ ।

लतकै रूपमा टिकटकको प्रयोग भए यसले असन्तुलन निम्त्याउन सक्छ । भण्डै यस्तै भयो फिल्म ‘महापुरुष’ को मोफसल टुर (भ्रमण) कार्यक्रममा रचना रिमाल रुदै स्टेजबाट बाहिरिदाँ ।

मंगलबार पोखराको हल्लनचोकमा आयोजना भएको फिल्मको प्रचारप्रसार कार्यक्रममा रचना रुदै स्टेजबाट बाहिरिएइन् । मनोरजनात्मक हिसाबले फिल्मको प्रचार प्रसार गर्न मोफसल टुर गरिरहेको ‘महापुरुष’ टोलीको शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक-गायिकालाई पनि सँगै लगेको थियो ।

फिल्मको प्रचार प्रसारलाई लिएर कमेडियन विकास अर्यालले रोस्ट गर्ने क्रममा सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर इज्जत बेचेको भनेर कटाक्ष गरेका थिए। अर्यालले उक्त कार्यक्रममा रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्य गरे ।

यस्तैमा, आफूलक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् । उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै बाहिरिएपछि रमाइलो माहोल एकाएक सोचमग्न बनेको थियो । रचनाले सार्वजनिक रुपमै चित्त दुखाएपछि कमेडियन अर्यालले माफी मागेका थिए । रचनाको नाम लिएरै माफी मागेपछि कार्यक्रम अघि बढ्यो ।

कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया, कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाललगायतको सहभागीता थियो ।