कुर्थामा सजिएर आकाशसँग गफिएकी उपासना


बिहिबार भव्य रुपमा आयोजना गरिएको ‘११ औैं नेफ्टा फिल्म अवार्ड’को औपचारिक घोषणा समारोहमा नायिकाहरूको बाक्लो उपस्थिति देखियो । 

उक्त समारोहमा नायिका उपासना सिंह ठकुरी पनि पुगिन् । उपासनाका लागि काठमाडौंको जाडो सकिएको महशुश गर्न सकिन्थ्यो । किनकी, उनले यो चिसोमा कुर्था सुरुवाल लगाएर पुगेकी थिइन् । 

कार्यक्रम अवधीभर उपासना नायक आकाश श्रेष्ठसँग नै गफिएकी थिइन् । आकाश पनि कोर्ट पाइन्टमा कार्यक्रममा उपस्थित भएका थिए । उपासना र आकाश कार्यक्रम अवधीभर एक साथ बसेका थिए र दुवै गफमा रमाएका पनि थिए । 

उपासनाको यो बर्ष ‘२ नम्बरी र डिसेम्बर फल्स’ नामक २ वटा फिल्म रिलिज भएका थिए । नेफ्टा अवार्डमा पनि यो बर्ष सहभागी भएका फिल्महरूलाई समावेश गरेर अवार्ड प्रदान गर्ने तयारी आयोजकको छ । यसैले, पनि उत्कृष्ट ५ को विधामा उपासना प्रबल दाबेदारको रुपमा रहेकी छिन् ।