विदेशका कार्यक्रममा पल शाहको दौडधुप


लगातार म्युजिक भिडियोमा काम गरिरहेका नायक पल शाह विभिन्न देशमा आयोजना भएका कार्यक्रममा सहभागी हुन पनि दौडधुप गरिरहेका छन् । करिब एक साता पल शाह मलेसिया, थाइल्याण्ड र सिंगापुर पुगेर फर्किए । मलेसियामा आयोजना भएको एक अवार्ड समारोहमा सहभागी हुन उनी पुगेका थिए । सो अवार्डमा उनले उत्कृष्ट मोडलको अवार्ड समेत पाए । 

मलेसियाबाट फर्किएको भोलीपल्टै अर्थात मंगलबार उनी हङकङ उडेका छन् । गायिका अस्मिता अधिकारीसँग पल शाह हङकङ उडेका हुन् । हङकङमा आयोजना हुन लागेको एक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी अस्मितासँग त्यता लागेका हुन् । 

पललाई म्युजिक भिडियोको छायांकन र विदेश यात्रा गरेर नै भ्याई नभ्याई भैरहेको छ । उनले, फिल्ममा काम गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, सबै कुरा मिल्यो भने पलले भदौबाट निर्देशक दिनेश राउतको फिल्ममा काम गर्ने संभावना बढी छ ।