नयाँ फिल्मको बिषयमा के भन्छन् पल शाह ?


नायक पल शाहको कमब्याक फिल्म कहिलेबाट सुटिङमा जान्छ भन्ने धेरैको चासोमा छ । उनका फ्यानहरु उनलाई ठूलो पर्दामा हेर्नका लागि उत्सुक छन् । तर, पल शाहको नयाँ फिल्मको चर्चा मिडियामा मात्र भैरहेको छ । 
उसो त, पल पनि फिल्ममा काम गर्नका लागि उत्साहित छन् । तर, उनले अझै पनि नयाँ फिल्मको बिषयमा बोल्ने समय नआएको बताइरहेका छन् । 

एक कार्यक्रममा पुगेका पलले भने–‘यो जति पनि कुरा आइरहेको छ, त्यो सबै मिडियाबाट आइरहेको छ । हामीले यो बिषयमा केही पनि बोलेका छैनौं । यसैले, अहिले कथामा काम भैरहेको छ । अहिले नै यो बिषयमा बोल्नु ठिक हुँदैन जस्तो लाग्छ ।’

पलले म्युजिक भिडियोमा काम गरिरहेपनि फिल्मको काम अझै पनि सुरु गर्न सकेका छैनन् । बक्स अफिसमा अधिकांश चकलेटी नायकहरुको परिक्षण भैसक्दा अब पलको हुन बाँकी छ । 

दिनेश राउतले निर्देशन गर्ने फिल्ममा पल शाह, प्रदीप खड्का र आर्यन सिग्देलले काम गर्न लागेको खबरहरु सार्वजनिक भैरहेका छन् । तर, पल भने अझै यो बिषयमा बोल्न खोजिरहेका छैनन् ।