रेखालाई बेनिशाको करिअरको चिन्ता

नायिका रेखा थापाले अर्की नायिका बेनिशा हमालको अभिनयको प्रशंसा गर्दै गर्दा उनको करिअरको चिन्ता पनि व्यक्त गरेकी छिन् । 

फिल्म ‘उपहार’को गीत रिलिज कार्यक्रममा रेखाले बेनिशाको अभिनय क्षमताको खुलेरै प्रशंसा गरिन् । रेखाले बेनिशा राम्री पनि रहेको, अभिनय पनि उत्कृष्ट गर्ने हुँदा हुँदै पनि किन पछि परेकी छिन् भनेर प्रश्न गरेकी हुन् । 

रेखाले भनिन्–‘मैले बेनिशालाई पनि भनेकी थिएँ, आखिर सबै गुण हुँदा हुँदै पनि किन अग्रपंक्तिमा आउन सकेकी छैनन् भन्ने मलाई लाग्छ । बेनिशा अगाडि त छिन् । तर, मेरो नजरमा उनी अझै अगाडि हुनुपथ्र्यो भन्ने मलाई लाग्छ ।’

रेखाले बेनिशाको प्रमोशन गर्ने क्रममा मिडियाले कही कतै कञ्जुस्याँई गरेको त होइन भनेर समेत शंका व्यक्त गरेकी छिन् । 

रेखाले निर्माण गरेको फिल्म ‘उपहार’मा बेनिशाले मुख्य भूमिकामा काम गरेकी छिन् । यो फिल्मको सार्वजनिक पहिलो गीत ‘वाह..वाह..वाह’मा पनि बेनिशाको कामको नै तारिफ भैरहेको छ । फिल्म ‘प्रेमगञ्ज’बाट पनि बेनिशाको प्रशंसा भएको थियो । 

तर, बेनिशा अझै पनि नेपाली फिल्म क्षेत्रको अग्रपंक्तिका नायिकाहरुको सूचीमा छैनन् । उनको नामैले फिल्म चल्ने अवस्था छैन । यसैले, रेखाले बेनिशाको करिअरमा चिन्ता जनाएकी हुन् ।