फेरि हिस्स नहुन् प्रदीप

File Photo

नायक प्रदीप खड्काको गत वर्ष फिल्म 'प्रेमगीत ३' रिलिज भएपछि हाल सम्म कुनै पनि फिल्म प्रदर्शन वा छायांकन भएका छैनन् ।

छायांकनकै हिसाबले गतबर्ष फिल्म ‘प्रकाश’पछि प्रदीप फिल्मको सेटमा फर्किएका छैनन् । प्रेमगीत ३ रिलिज पछि भएपनि उनको छायांकन भएको फिल्म प्रकाश हो । 

यी फिल्म पछि प्रदीपले नयाँ फिल्म ‘कामिनो र एक्स ९’ साइन गरे । उनले साइन गरेका ‘कामिनो र एक्स ९’ दुवै फिल्मको छायांकन सुरु हुन सकेकै छैनन् । यी दुई फिल्म बन्छन् या बन्दैनन् अत्तोपत्तो छैन । बरु, प्रदीप एक पछि अर्को फिल्म खेल्ने भनेर दौडधूप गरिरहेका छन् ।

उसो त, प्रदीपका घोषणा भएका र घोषणा हुन बाँकी रहेका फिल्मको सूची हेर्दा लामो छ । उनको फिल्म लाइनअप नियाल्दा रोचक देखिन् थालेको छ । उनको दौडधूप फिल्मको लाइन लगाउनु देखिँदै छ । 

नेपाली फिल्म क्षेत्रका स्टार नायक मानिएका प्रदीपको हातमा यतिबेला आधा दर्जन फिल्मको लाइन छ । उनी, एकपछि अर्को फिल्ममा व्यस्त हुने समय बन्दै छ । विगत एक वर्षदेखि नयाँ फिल्मको छायांकन सुरु गर्न नसकेका प्रदीप यतिबेला भने घोषणा भएका फिल्मको बाढीमा बगिरहेका छन् ।

उनले अभिनय गर्ने भनेर गतसाता ‘ऐरी’ घोषणा भएको थियो । यस अघि ‘पूजार सार्की’ पनि घोषणा भयो । यही बीचमा अर्को नयाँ फिल्म ‘एक्टर’ घोषणा भएको छ । यीपछि प्रदीपले ‘लिलिबिली २’ र 'रावायण' पनि गर्ने चर्चा छ । 

एक वर्ष नयाँ फिल्म साइन नगर्नु र अब भने धमाधम नयाँ नयाँ प्रोजेक्टमा अनुबन्धित हुनु । यसरी घोषणा भएका फिल्म र हुन बाँकी रहेका फिल्मको लानअप हुँदा । कतै प्रदीपकै उदाहरणलाई हेरेर भन्ने हो भने, उनले फिल्म ‘कामिनो’का लागि गरेको मिहिनेतसँगै ‘एक्स ९’का लागि भारतको नासिक त्रयम्बकेश्वर मन्दिरमा पुगेर गरेको पूजा । छायांकन तत्कालै हुने सम्मका हल्ला र अन्तिममा अब फिल्म नै नबन्ने अवस्था देख्दा । यसरी नै फिल्म घोषणाको दौडमा मात्रै हिँड्दा कतै 'हिस्स बुढी खिस्स दाँत' भने जस्तै त हुन्न प्रदीपलाई ।