ब्रान्ड बजारमा जितुः पहिलो पारिश्रमिक २ सय, अहिले मालामाल

हाँस्य कलाकार जितु नेपालको क्रेज नेपालमा गजब छ । जितुको क्रेज कमेडी कार्यक्रम, फिल्मदेखि विज्ञापन बजारमा उच्च छ । यसैले, त हरेक दिन जितुका तस्विर शहरका भित्तामा, टेलिभिजन र सामाजिक संजालमा कुनै न कुनै ब्रान्डको प्रमोसन भएको पाइन्छ । तर, ब्रान्ड बजारमा जितुले सहजै स्थान बनाएका भने होइनन् । यसका लागि  उनले लामो समय मिहिनेत र संघर्ष गरेका छन् ।

जितुले ‘ट्वाक्क टुक्क’ नामक हाँस्य सिरियलबाट करिअर सुरु गरेपनि आम दर्शकले उनलाई ‘जिरे खुर्सानी’बाट बढी चिने । यसपछि, त उनलाई पछाडि फर्किएर हेर्नु परेको नै छैन ।

ब्रान्ड बजारमा पनि उनको माग उच्च छ । जितुले पहिलो पटक विज्ञापनमा काम गर्दा २ सय पारिश्रमिक लिएका थिए । त्यतीबेला २ सय रूपैयाँ ब्रान्डबाट कमाउँदा जितुलाई संसार जिते जस्तो लागेको थियो । 

नाम चलेका कम्पनीको ब्रान्ड प्रमोसनमा जितुलाई  दर्शकले विभिन्न माध्यममा देख्दै आएका छन् । जितुले बिजुली चुरोट, ओके साबुन, हलेसी डिकोर, कृषि विकास बैँक, बिज एजुकेसन, रोयल सुज, सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायतका ब्रान्डको प्रमोसन गरिसकेका छन् । 


निरन्तर रुपमा नाम चलेका कम्पनीसँग सहकार्य गर्दै आएका जितु भन्छन्–‘पहिलो विज्ञापन वि.सं २०५० सालमा मैले बिजुली चुरोटको गरेको थिएँ । त्यो बेलामा विज्ञापनमा काम गरेर धेरै पैसा पाइँदैनथ्यो । अहिले माहोल फरक भइसकेको छ ।’



कलाकारले ब्रान्ड प्रमोसन गर्दा पैसा मात्र हेर्नु हुँदैन । आफूले प्रमोसन गर्ने ब्रान्डले समाजमा कस्तो प्रकारको असर गर्छ भन्ने विषयमा पनि सजग हुन आवश्यक छ । आफू यो विषयमा सधैं नै सजग रहेको जितु बताउँछन् । 



जितुले कुनै पनि विज्ञापनमा काम गर्ने तरिका र संझौताको शैलीको आधारमा पारिश्रमिक फरक–फरक हुने बताए । उनले भने–‘विज्ञापनमा काम गर्दा त्यसको अवधि, प्रमोसनको तरिका, दिनुपर्ने समयको आधारमा पारिश्रमिक निश्चित गरिन्छ ।’


जितु अहिले ब्रान्ड बजारमा धेरै नै परिवर्तन आएको बताउँछन् । अहिले कलाकारहरूको प्रयोग विज्ञापनमा धेरै हुँदा सबैलाई सहज भएको उनको तर्क छ । यस्तै, एजेन्सीहरूले प्रतिभा भएका कलाकारलाई पनि बढी स्थान दिने भएकाले सबै प्रतिभावान् व्यक्तिहरूले अवसर पाएको उनको तर्क छ । 

यो पनि पढ्नुहोस्

फिल्मसँगै ब्रान्डमा पनि उत्तिकै नाजिर

ब्रान्डमा बर्षाः दर्जन बढी विज्ञापनमा आवद्ध, पहिलो पारिश्रमिक ५ हजार

ब्रान्डसँग आँचलः दर्जन कम्पनीको प्रचार, बढ्दैछ आम्दानी

ब्रान्डमा केकीः पहिलो पारिश्रमिक २५ हजार, दर्जन बढीमा अभिनय

ब्रान्ड बजारमा बेनिशाः डिजिटल माध्यमले बढायो कमाई

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

महंगा गाडी चढ्ने हैसियत बनाएका यी नेपाली कलाकार