विचरा आकाशको छाया समेत देख्न गाह्रो भो !

नायक आकाश श्रेष्ठको यो वर्षको भदौमा ‘हिँड्दा हिँड्दै’ फिल्म रिलिज भयो । यो फिल्म रिलिज भए यता आकाशले कुनै पनि फिल्म साइन गरेको खबर छैन । आकाशसँग यो विषयमा सोध्ने हो भने, आफूले चाडै नै धमाकेदार प्रोजेक्टको साथमा दर्शकमाझ आउने जवाफ दिन्छन् । तर, आकाशले आफ्ना फ्यानलाई यसरी पर्खाएको लामै समय भइसकेको छ ।

फिल्ममा नदेखिए पनि म्युजिक भिडियोमा भने आकाशले काम गरिरहेका छन् । फिल्म ‘हिँड्दा हिँड्दै’ बक्स अफिसमा असफल भएपछि आकाशको हातमा नयाँ फिल्मको प्रोजेक्ट नगएको बुझ्न गाह्रो पर्दैन ।

आकाशले म्युजिक भिडियोमा भने राम्रै पारिश्रमिक लिइरहेका छन् । उनले ८० हजारदेखि १ लाखसम्मको पारिश्रमिक लिने गरेको बुझिएको छ ।

उसो त, नेपाली फिल्म क्षेत्रमा आकाशको लुक्सको सर्वाधिक धेरै चर्चा हुने गरेको छ । तर, लुक्सले मात्र पनि फिल्म पाइने होइन रहेछ । आकाश जस्तै लुक्स राम्रा भएका केही नायकहरूले फिल्म नपाएर बाटो मोड्नु परेको उदाहरण यही क्षेत्रमा भेटिन्छ ।

आकाशले फिल्म नपाउँदा उनलाई त असहज भएकै छ, उनका फ्यानलाई पनि गाह्रो भइरहेको छ । यसरी, आकाशको हात शून्य हुँदै जाँदा कुनै समयमा उनका समर्थकलाई उनको छाया समेत देख्न गाह्रो पो होला की ?