‘डिग्री माइला’को बुकिङ खुल्यो, डेढ सय बढी शोज उपलब्ध


शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को बूकिङ ओपनिङ भएको छ । देशभरका हलमा यो फिल्मको बूकिङ बुधबारदेखि खुल्ला गरिएको हो । यो फिल्मलाई अधिकांश मल्टिप्लेक्स उच्च शोज दिएका छन् । 

यो फिल्मलाई क्यूएफएक्स चेनले देशभरका हलमा ६० शोज दिएको छ । क्यूएफएक्सले काठमाडौं उपत्यकामा २४ र बाहिरका हलमा ३६ शोज उपलब्ध गराएको छ । 

यस्तै, यो फिल्मलाई बीग मुभिजले १० शोज दिएको छ । चाबहिलमा रहेको एफक्यूबले ९ शोज, वान सिनेमाज् नयाँ बानेश्वरले पनि ९ शो, कालिमाटीमा रहेको वान सिनेमाज्ले ७ शोज उपलब्ध गराएको छ । 

देशभरका मल्टिप्लेक्सले यो फिल्मलाई १ सय ६० शोज उपलब्ध गराएका छन् । यसैले, चैत्र ३० गते यो फिल्मले बम्पर ओपनिङ गर्न सक्ने  प्रक्षेपण गर्न सकिन्छ । 

ठूला हिन्दी फिल्म नेपालमा रिलिज नहुनुको फाइदा यो फिल्मलाई शोजमा मिलेको छ । अब, फिल्मले पनि बम्पर व्यापार गर्यो भने आउँदो बर्षको सुरुवात उत्साहजनक रुपमा हुने देखिन्छ । 

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।