‘वर एण्ड बधु’को धमाधम छायांकन

निर्देशक मिलन चाम्सले फिल्म ‘वर एण्ड बधु’को छायांकन धमाधम गरिरहेका छन् । वैशाखको ५ गतेबाट यो फिल्मको दोस्रो चरणको छायांकन काठमाडौंमा भइरहेको छ । 

फिल्म ‘वर एण्ड बधु’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्माचार्य, हाँस्य कलाकार हिमेश पन्त, मोडल श्रृष्टी खड्का, कलाकार किरण केसी, मोडल कुसुम शर्मा लगायतको अभिनय छ । 

फिल्मको दोस्रो चरणको छायांकन सक्न करिब एक महिना लाग्ने मिलनको भनाई छ ।

यो फिल्मले सामाजिक कथालाई रमाइलो तरिकाले भन्नेछ । फिल्म ‘वर एण्ड बधु’को प्रदर्शन मिति भने तय गरिएको छैन । छायांकन सकिए लगतै फिल्मको फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति तय गरिने मिलनको भनाई छ । 

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । 

रोमानियामा एक महिना छायांकन गरेपछि यो फिल्मको काम रोकिएको थियो । तर, अब भने फिल्म दर्शकमाझ आउने पक्का भएको हो ।