निखिलको ‘डाउनफल’

करिव एक दशक फिल्ममा राज गरेका एक्सन स्टार निखिल उप्रेती हाल सागुरिएका छन् । यति सम्म कि उनी फिल्म अनाउन्स गरेर म्युजिक भिडियोमा पो देखिएका छन् ।

उनी नाच्न त नाचे तर खै कसरि कसरि । उनको नृत्य हेर्दा लाग्छ स्कुलको बिद्यार्थी पहिलो पटक पर्फर्म गर्न प्राक्टिस गर्दै छ, त्यो पनि पहिलो दिन । जसलाई नाच्ने भनेर सुन्दा पनि डर लाग्छ ।

निखिलले फिल्म बनाए । चलेन नचले पनि सिक्वेल घोषणा गरे, बनाउन सकेनन् ।

करियर बनाउछु भन्दै दोश्रो बिहे गरे लगत्तै भारत गएका उनी केहि बर्ष उतै रमाए । र बिना कुनै प्रगति फर्किएर आए । न उता केहि गर्न सके न यता । यहि बीच लोक गीतमा बेफ्वाकको नृत्य देखाउदै आए ।

हुदाखादाको करियर डामाडोल पारेर पनि आफ्नो ‘डाउनफल’ मै उनी मक्ख नै छन् ।