सम्बन्धमा पल भन्दा आँचल गम्भिर ?

अभिनेता पल शाहले ‘हृदयभरी’ फिल्मको पत्रकार सम्मेलनमा यसअघि कहिले पनि फेस नगरेको प्रश्न फेस गरे । जुन प्रश्नको जवाफ दिन उनलाई पनि धौ धौ नै परेको थियो । हृदयभरि फिल्मको कार्यक्रममा पललाई आँचलसँग किन फिल्म नखेल्नुभएको भनेर पनि प्रश्न गरिएको थियो । पलले सधै एउटै व्यक्तिसँग फिल्म खेलिरहनुपर्छ भन्ने पनि नभएको बताएका थिए ।

पल फिल्म बजारमा आँचलसँगको सम्बन्धलाई लिएर धेरै आलोचना हुन थालेपछि र फ्यान पनि भड्किन थालेपछि बिच्किएका छन् । यसैले उनी अहिले अरु नै हिरोइनसँग फिल्ममा काम गरिरहेका छन् । पलले सधै एउटै व्यक्तिसँग फिल्म खेलिरहनुपर्छ र भनिरहँदा आँचल भने उनलाई नै मिस गरिरहेकी छिन् ।

फिल्म दाल भात तरकारी खेलिरहेकी आँचललाई यो फिल्मको गीतमा आप जोडी मिस हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दा उनले अवश्य पनि हुन्छ भनेकी थिइन् । पुष्पसँग काम गरिरहँदा आँचलले हुँदैन, दर्शकले नयाँ जोडी पाउनुहुनेछ भन्न पनि सक्थिन् । तर, उनी आप जोडी दर्शकलाई मिस हुने बताइरहेकी छिन् ।

पलले भने सधै एउटै कलाकारसँग काम गर्नुपर्छ भन्ने पनि नरहेको भन्ने खालको जवाफ दिएका छन् । पल कि आँचलसँग सम्बन्धलाई बाहिर नदेखाउने मुडमा लागेका छन् या सम्बन्धमा आँचल बढी गम्भिर हुन् ?