राजेश हमाल बाउ बन्ने पक्का हो त ?

महानायक राजेश हमालले विवाह गरेको पाँच बर्ष पुरा भइसकेको छ । तर पनि अहिलेसम्म उनी बुवा बन्न सकेका छैनन् । उनका शुभचिन्तक तथा दर्शकहरुले बच्चा कहिले पाउने भनेर प्रश्न गरिरहेका हुन्छन् । उनले ठट्टा गर्दै प्रयास जारी भन्ने गरेका छन् । तर हालै एक टेलिभिजनकर्मीले तपाईले यो लकडाउनमा बाउ हुने केहि प्रयास गर्नु भएन भन्ने प्रश्न सोधेका थिए ।

उनले जवाफमा बाउ बन्न सक्ने संकेत दिएका छन् । उनले भनेका छन्, ‘यस अवधिमा केहि सहमती भएका छन् । प्याट्टै केहि भन्ने अवस्था छैन । ’ अरु बेला व्यस्त रहने राजेश हमाल लकडाउनका कारण घरमा नै बसेर अनेक भिडियो बनाउने देखि लिएर व्यायाम गरिरहेका हुन्छन् । घरमा नै श्रीमतीसँग जिस्किने बोल्ने र रमाइलो गरिरहेका तस्विर सार्वजनिक गर्दै आइरहेका राजेश हमाल अव बाउ बन्छन् त ? यो कुरा भने केहि समय दर्शक तथा शुभचिन्तकले कुनै पर्ने देखिन्छ है ?