चल्ला त साम्राज्ञीको प्रेमीसंगको भिडियो?

फिल्म चल्न छोडेपछी कलाकारले लाइमलाइटमा आउन विभिन्न काम गर्ने गर्छन् । सायद ग्ल्यामर क्षेत्रको बिशेषता नै हो, यो ।

नायिका साम्राज्ञी आर एल शाहका पछिल्ला फिल्म खासै सफल हुन सकेनन् । कहिले प्रेमी संगका अस्लिल तस्विर कहिले अभिव्यक्तिको कारण उनी चर्चा मै रहन्छिन् ।

यहि बीच उनी म्युजिक भिडियोमा काम गर्न तयार देखिएकी छन् । उनले गर्ने गीतमा उनका प्रेमीले उनलाई साथ दिने छन् । साथै गीतमा स्वर उनकै आमा नेहाको रहेको छ ।

फिल्म छानेर गर्ने थोरै संख्यामा गर्ने चुजी नायिकाको यो कदम कस्तो होला ? के चाल्लान त उनकी आमा र हुने वाला पति ? कि साम्राज्ञीको घट्ने क्रममा रहेको क्रेज अझै ओरालो लाग्छ ? समयले बताउला ।