हल्कको मास्क लगाएर टेलिभिजनमा देखिए सैफ-करिनाका छोरा तैमुर

सैफ अलि खान र करिना कपुरका छोरा तैमुर अलि खान पहिलो पटक टेलिभिजनमा देखिएका छन् । उनि ‘टाइम्स नाउ’ टेलिभिजनमा हल्क मास्क लगाएर देखिएका हुन् ।

भिडियोमा सैफ अलि खानले ‘टाइम्स नाउ’ संग घरमा करिना, तैमुर र परिवारका अन्य सदस्य संग क्वारेन्टाइन समय बिताइरहेको बारे कुरा गरेका छन् । सैफले तैमुरको कारण आफुहरु वरिपरि सकारात्मक इनर्जी रहेको बताएका छन् । भिडियोको अन्त्यमा हल्कको मास्क लगाएर तैमुर आउँछन् र थोरै बोल्छन् पनि ।