आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)

नायिका आँचल शर्मामा देखिएको परिवर्तनले उनका फ्यानहरु र फिल्मकर्मीहरू नै अचम्मित छन् । विशेष गरी, आँचल स्वयमले पनि श्रीमान् उदिप श्रेष्ठको साथ पाएपछि आफूमा परिवर्तन ल्याउन सहज भएको बताउँदै आएकी छिन् । 

आँचलले सामाजिक सञ्जालमा राखेका तस्विरहरू हेर्दा पनि उनीमा परिवर्तन आएको देख्न सकिन्छ । यसलाई सकारात्मक रूपमा हेर्न सकिन्छ । किनकि, एउटा नायिकाले आफूलाई मेन्टेन गर्न जुन तरिकाले प्रयास गरिरहेकी छिन् त्यो आफैंमा सुखद कुरा हो । 

कलाकारबाट उसका फ्यानहरूले धेरै कुरा सिको गर्छन् । जसका कारण, कलाकारले लगाउने कुरा, बोल्ने कुरामा सधैँ नै सजग हुनुपर्छ भनिन्छ । आँचलमा देखिएको यो सजगताले उनलाई फिल्म क्षेत्रमा नयाँ रूपमा चित्रित गरिरहेको छ । 

आँचलको कामको कुरा गर्दा उनीसँग ३ वटा फिल्म पाइपलाइनमा छन् । आँचलले ‘पञ्चामृत, ह्वाइट हाउस र डिग्री माइला’ साइन गरिसकेकी छिन् । 

यसैले, उनको बलियो लाइनअपले उनलाई फिल्म क्षेत्रमा व्यस्त बनाउने कुरामा दुई मत छैन ।