समुद्री तटमा झनै ‘बोल्ड’ देखिइन् स्वस्तिमा (फोटो फिचर)

नायिका स्वस्तिमा खड्का अष्ट्रेलिया पुगेपछि मख्ख छिन् । खासगरि, सिड्नीको समुन्द्री तटमा स्वस्तिमा घुमघाम र रमाइलो गर्दै रमाइरहेकी छिन् ।

केही दिन अगाडि स्वस्तिमासँगै उनका श्रीमान तथा निर्देशक निश्चल बस्नेत पनि साथमा अष्ट्रेलीया पुगेका छन् । नेपालमा फिल्म‘दिमाग खराब’को सफलतापछि निश्चल बस्नेत दम्पती अष्ट्रेलिया ​​​​​​​प्रवद्र्धनको लागि पुगेका हुन्। 

उनीहरु अहिले फिल्मको ​​​​​​​प्रमोशनसंगै यो समयलाई विदा मनाउने मुडमा समेत लिएका छन्।

यसै क्रममा, स्वस्तिमा सिड्नीको समुन्द्री तटमा बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्। जहाँ उनलाई बिकिनी अवतारमा देख्न सकिन्छ । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

स्वस्तिमाले लगातारको व्यस्तता र धेरैपछि मिलेको समयलाई इन्ज्यो लिँदै गरेको देखिएकी छिन्।  स्वस्तिमाको यो लूकलाई उनका​​​​​​​ फ्यानले रुचाएका छन् ।