‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आइसी डिजाइनर रनवे १२’ नामक फेसन शो आयोजना हुने भएको छ । आइसी कलेजले आयोजना गर्न लागेको फेसन शोमा २७ नेपाली तथा ६ अन्तराष्ट्रिय मोडलले र्‍याम्पमा फेसनमा नयाँ डिजाइन प्रस्तुत गर्नेछन् ।

दरबार मार्गस्थित याक एण्ड यती होटेलमा आयोजना हुने फेसन शोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्‍याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका २० औँ ब्याजका पास आउट विद्यार्थी हुन् ।

११ सिक्वेलमा मोडलले फेसन प्रस्तुत गर्ने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले लिएको छ । फेसन शोका लागि भारतबाट कोरियोग्राफार यतिन नरेन्द्र गान्धी सहभागी हुनेछन् । 

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यो सिजनकै उत्कृष्ट हुने म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले विगत लामो समयदेखि ‘आइसी डिजाइनर रनवे’ आयोजना हुँदै आएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । 

फेसन शोमा मिडियाका लागि प्रेस कार्डबाट प्रवेशको व्यवस्था गरिएको छ ।