के शत्रु गतेले तोड्ला ‘छक्का पञ्जा’को रेकर्ड ?

कमाईको मामलामा रेकर्ड ब्रेकर छक्का पञ्जाका कलाकारसंगै मह जोडी जोडिएको फिल्म शत्रु गते  शुक्रबारदेखि रिलिज हुदैछ । रिलिज डेट नजिकिदै गर्दा रेकर्डको हिसाबमा छक्का पञ्जालाई पछि पार्न फिल्म शत्रु गते सफल होला कि नहोला भन्ने आकालनहरु बढी रहेका छन्, नेपाली फिल्म वृत्तमा । यसै बिच  फिल्म शत्रुगतेको टिकट बुकिङ खुल्ला गरिएको छ । मल्टिस्टारर बहु प्रतिक्षित फिल्म शत्रु गतेले देशभर अधिकाङ्श शो पाएको छ । सिङ्गल रिलिज शत्रु गते देशभर १०७ भन्दा बडी हलमा लाग्दै छ । काठमाडौंका मल्टिप्लेक्स क्यु.एफ.एक्स, एफ क्युब, बिग मुभिज, बि.एस.आर, सि.डि.सि र क्युजमा गरी कुल ८२ शो पाएको शत्रुगते काठमाडौँका गोपी कृष्ण, अस्ट, गुण, बाराही, सिटी म्याक्स लागयत भ्याली बाहिर ८० देखी ८५ वटा हलमा लाग्दैछ ।

फिल्मको ब्यापारकालागि इन्डिकेटर मानिने क्यु.एफ.एक्सका च्यानलमा मात्र फिल्मले ४० शो पाएको छ र फिल्मको बूकिङ समेत उच्च देखिएको छ । यस् हिसाबले वीकएण्डमा फिल्मले राम्रो इनिसियल ब्यापार गर्ने लगभग तय छ । तर, बाँकीका दिनमा फिल्मको कन्टेन्ट र दर्शकको प्रतिकृया फिल्मको ब्यापारकालागि महत्वपूर्ण रहने छन । फिल्मले दर्शकबाट पनि राम्रो प्रतिकृया पाएको खण्डमा छक्का पन्जाको ब्यापारलाई भेट्न सक्ने आकलन गर्न सकिन्छ । किनकी, छक्का पन्जा पछाडि राजधानी र राजाधानी बाहिर पनि कम्तीमा दुई दर्जन पर्दा थपीइसकेका छन । यो हप्ता बलिवूड र हलिवूडको खस्सै दबाब देखिन्न । शत्रु गते सँगै रानी मुखर्जी अभिनित फिल्म हिच्की रिलिज भएको छ । जसको खास्सै चर्चा छैन ।
मह सञ्चारको प्रस्तुति रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शुष्मा कार्की लगायतको अभिनय रहेको छ ।
प्रदिप भट्टराई निर्देशित, हरिवंश आचार्यको कथा रहेको चलचित्रमा पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीको रहेको छ । दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य लगायतले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् । फिल्म चैत्र ९ गते देखि रिलिज हुदै छ ।