लिलि बिली मेरो अर्को डेब्यु फिल्म – प्रदिप खड्का

- मेराेफिल्म

वर्षको अन्तिमदिन यस बर्ष कै प्रतिक्षित फिल्म लिलि बिली रिलिज हुँदै छ । लिलिबिली प्रतिक्षित यस अर्थमा पनि छ कि नायक प्रदिप खड्काले यस् फिल्मलाई आफ्नो अर्को डेब्यु फिल्म भनीरहेका छन । प्रेम गीत २ हिट भएपछी उनलाई चुनौती थपिएको छ । अहिले उनको जुन स्टारडम छ त्यसलाई बचाई राख्न पनि लिलि बिली हिट हुनैपर्छ । नत्र प्रदिपलाई ‘स्टार’ भन्ने शब्द निल्नु न ओकल्नु हुनेछ ।

प्रदर्शनका लागि २ साता बाँकी रहँदा फिल्मको तेश्रो गीत ‘हावा सरी’ सार्वजनिक भएको छ । दिपेन्द्र घिमिरेको शब्दमा एस.डी योगीको संगीत तथा स्वर रहेको गितमा मेनुका प्रधानले समेत स्वर भरेकी छिन् । स्तानाबुलमा छायाङ्कन गरिएको उक्त गीतमा नायक प्रदिप खड्का र नायिका प्रियंका कार्की फिचर छन् । फिल्ममा प्रदिप र प्रियंकाका अलावा जसिता गुरुङ, अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ । फिल्म यहि चैत्र ३० गतेदेखि रिलिज हुदैछ ।

२०७४ चैत ११ गते १३:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *