१२ मासे जोडी पुजना र जयकिशन

लामो समयको ग्याप पछी नायिका पूजना प्रधान फिल्ममा फर्किएकी छिन् । फिल्म चकलेट फ्लप भएपछी उनी खास्सै पर्दामा देखिएकी छैनन । तर पछील्लो समय फिल्म १२ मा से मार्फत नायक जयकिसन बस्नेत सँगै उनी पुन फिल्ममा फर्किएकी हुन । जेष्ठ ११ गतेदेखी प्रदर्शनमा आउने उक्त फिल्मको ढिक्के फुली बोलको गीत सार्वजनिक भएको छ । सागर खरेलको शब्दमा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा कृष्ण पाण्डेको स्वर रहेको छ । शिव बिकको कोरियोग्राफी रहेको फिल्ममा बसु न्यौपानेको छायाङ्कन रहेको छ ।

प्रदिप पाठकको कथा, पटकथा, सम्बाद तथा निर्माण रहेको फिल्ममा जयकिसन र पूजानाका अलावा मरिचमान श्रेष्ठ, प्रदिप पाठक, पुरन थापा, सोनिका बस्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतको अभिनय रहेको छ । केही समय अगाडि जयकिशनका दाजु तथा निर्माता निर्देशक शोभित बस्नेतले गोपी कृष्ण अस्ट नारायण लगायतका हलमा दर्शकको भिड हेरेर कुनै नायकको रेट ५० लाख पुर्याइन्छ भने जय किसन बस्नेतको रेट पनि ५० लाख पुग्यो भनेर एक फेसबुक पोस्ट गरेका थिए । उनै ५० लाखका हिरो जयकिसनसँग पुजनाको जोडी कत्तिको हिट हुन्छ त्यो प्रतिक्ष्याको बिषय हो । फिल्म लय संग्रौलाको निर्देशनमा तयार भएको हो ।