डि सिने अवार्ड २०७५, चलचित्र दर्ता आव्हान


विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आइरहेको ‘डि’ सिने अवार्डको दशौं संस्करणका लागि चलचित्रहरुको औपचारीक दर्ता आव्हान गरिएको छ । २०७४ को बैशाख १ देखी चैत्र ३० सम्म सार्बजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रका लागि दर्ताको आव्हान गरिएको हो । खासगरी डिजीटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पुर्याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६मा भएको थियो । प्रतिक्षित एवं प्रतिष्ठित अवार्डको मान्यता बोकेको डि सिने अवार्डको दर्ता समय चैत्र महिना भरीलाई राखिएको छ । अवार्डलाई अझै भव्य, सभ्य एवं सुसंस्कृत बनाउँदै डि सिने अवार्डको दशौं संस्करण जेष्ठको दोश्रो साता काठमाडौंमै आयोजना गरिने पनि छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।