२५ लागे अनमोल

सन् १९९४ मार्च ३० मा जन्मिएका अनमोल केसी आज आफ्नो २५औ जन्मदिन मनाउदै छन् । नेपाली चलचित्र क्षेत्रमा २०१३मा होस्टेल चलचित्रबाट प्रवेश गरेका अनमोललाई रोमान्टिक चलचित्र जेरीको लागी चिन्ने गरिन्छ । फिल्म जेरीमा उनले आना शर्मासंग अभिनय गरेका थिए । फिल्म ड्रिम्समा अबिरको भुमिकामा देखिएका उनले उक्त फिल्ममा नायिका सम्राज्ञी राज्य लक्ष्मी सँग स्क्रीन सेयर गरेका थिए भने ‘गाजलु’ मा पूर्व मिस नेपाल श्रीस्टि श्रेष्ठसंग । पछिल्लो समय उनी फिल्म ‘कृ’ मा समेत मुख्य भूमिकामा थिए । नायक केसी फिल्म ‘सुपरस्टार’ र ‘म त तिम्रै हो नी’ को निर्माता समेत रहेका छन् ।
नेपाली फिल्म इन्डस्ट्रीमा छुट्टै नाम बनाउन सफल अनमोल चर्चित अभिनेता भुवन केसीका छोरा हुन् ।
उनले २०१३मा फिल्मी खबर अवार्डमा फिल्म होस्टल मार्फत बेस्ट डेब्यु एक्टर विधामा २०१६ फ्यान अवार्डमा स्टार अफ द इयर २०१६ एल जी अवार्ड्सको पपुलर एक्टर अफ द इयर एन एफ डी सि अवार्ड्स २०१६ मा महा ज्युरी अवार्ड पपुलर जस्ता अवार्ड जित्नुका साथै धेरै फ्यान कमाइ सकेका छन्