निसान भट्टराईको ‘भुन्टी’ टिजर सार्वजनिक

- मेराेफिल्म


नेपाल आइडल गायन प्रतियोगितामा सहभागी बनेर नेपाली संगीत प्रेमी स्रोता दर्शकका माझ चर्चित बनेका निसान भट्टराई आफ्नो संगतिक करियार उकास्ने कोशिसमा छन् । नेपाल आइडलमा उनले गाएका विभिन्न गीतहरु आज पनि उनका समर्थक तथा शुभचिन्तकहरु बीच लोकप्रिय छन् तर उनको आफ्नै गीत नआएको गुनासो पनि गर्ने गरेका छन् । उनको स्वरमा केहि गीतहरु आए पनि खासै चर्चा बटुल्न सकेनन । पछिल्लो समय उनी आफ्नो पहिलो अफिसियल म्युजिक भिडियो ल्याउने तरखरमा छन् । आफ्नो पहिलो म्युजिक भिडियोको टिजर यूट्युब मार्फत सार्वजनिक गरेका उनले केहि दिनमै फुल भिडियो सार्वजनिक गर्ने बताएका छन् ।

निसान भट्टराईको स्वरमा राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको ‘भुन्टी’ बोलको गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका छन् । भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

२०७४ चैत ५ गते १३:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *