केकीलाई फकाउदै नारायण

नेपाली टेलिभिजनको दुनियामा राम्रो प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा दर्ज भएका छन् । यिनै नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ।

आफ्नै शब्द संगीत र स्वरमा रहेको जाम पारी पारी बोलको गीत आजै देखि युट्युब र विभिन्न टेलिभिजनहरु बाट एक साथ सार्वजनिक भएको छ । केकी अधिकारी र नारायणको अभिनय रहेको यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी एण्ड टीमले छायांकन तथा निशान घिमिरेले सम्पादन गरेको छ । कारणबश निसास्सिएर दुखि बनेको प्रेमिका केकीलाई नारायणले माया प्रेमले फकाउदै आफ्नै दुनियाँमा लगेको र सुखी जीवनको शुरुवात गरेको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । केहि समय अघि सम्म टेलिभिजनमा गीत संगीतकै कार्यक्रम प्रस्तुत गर्दै आएका एकाएक अब गायकको रुपमा टेलिभिजनको पर्दामा आएका हुन् । नारायणले आफ्नै गीतको म्यूजिक भिडियोमा राम्रो अभिनय गरेको पनि देख्न सकिन्छ ।