अन्तत बुबाको फिल्म मन पर्‍यो – साकार ओझा

प्रदर्शनको पुर्वसन्ध्यामा चलचित्र मंगलमले पत्रकार भेट्घाट कार्यक्रम को आयोजना गरेको छ ।  कार्यक्रममा बोल्दै छबी पुत्र तथा मंगलम निर्माता साकार ओझा ले आफ्नो पिताले अगाडी निर्माण गरेका फिल्महरु त्यति नरुचाएको तर पहिलो चोटी मंगलम आफूले रुचाएको बताएका छन्  ।

चलचित्रको गीत ‘पर्खपर्ख मायालु’ले यूट्यूबमा १ करोड भ्यूज पाएको उपलक्क्षमा मंगलम टिमले नयाँ बानेश्वर स्थित अल्फा बेटा कम्प्लेक्समा केक काट्ने कार्यक्रम आयोजना गरेको थियो ।  नवल नेपालको निर्देशन रहेको यस चलचित्र  छबिराज ओझाका सुपूत्र साकार ओझाले  निर्माण गरेका हुन् ।  उनले नायक पुष्पल खड्का, नायिका शिल्पा पोख्रेल लगायतका कलाकारको कामको समेत खुलेर तारिफ गरे ।

नायक पुष्प खड्काले पर्खपर्ख मायालु गीतले १ करोड भ्यूज पाएकोमा आफू निकै खुशी रहेको बताए । उनले फिल्म राम्रो बनेको र सबै दर्शकहरुलाई हलसम्म आएर चलचित्र हेरिदिन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै अग्रज कलाकार निर शाह र मिथिला शर्माले मंगलम टिमलाई सफलताको शुभकामना दिएका थिए ।