चर्चा चोरिको, नायक अल्मोडा, भुवन को भूमिका के ?

एक पटकको गल्ती भगवानले पनि माफि दिन्छ भन्ने उक्ती हामी सबैले सुनेकै छौ । तर पटक पटक कसैले गल्ती गर्छ भने त्यसलाई के भन्ने ? छक्का पन्जा प्रकरण सेलाउन नपाउँदै अल्मोडा राना उप्रेती अर्को गीत चोरी प्रकरणमा मुछिएका छन ।
उप्रेती मात्र होईन ‘कृ’ निर्माता भुवन के.सी समेत यो चोरी प्रकरणमा तानिएका छन् । कुरा चलचित्र ‘कृ’ को गित ‘उकालीमा अघिअघि’ को हो । उक्त गीत चोरी भएको भन्दै गीतका सर्जक रन्जित गजमेर दार्जिलिङ देखि अहिले नेपाल आएका छन् । रन्जित आफ्नो गीतको चोरी भएकोले प्रहरी चौकी धाइरहेका छन् ।
३३ बर्ष अगाडी बनेको फिल्म ‘सम्झना’ को सुपरहिट गीत ‘उकालीमा अघिअघि’ भुवन के.सीले बिना अनुमति आफ्नो फिल्म ‘कृ’ मा समाबेश गरेकाले रन्जित प्रहरी चौकी धाईरहेका हुन । पहिले आफू नेपाल आउनसाथ भुवनले फोन गर्ने र भेट्न आउने गरेको तर यसपालि भुवनले सम्पर्क गर्न नखोजेकोमा आफू दुखी भएको पनि उनले बताए । त्यसो त भुवन भने ‘कृ’ प्रदर्शनको लागि जापान लागिसकेका छन् भने रन्जित ‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानकासाथ प्रहरी चौकी धाइरहेका छन् । प्रहरीले मिल्न आग्रह गरेको तर निर्देशक प्रधान यसको पक्षमा नरहेको बुझिएको छ ।
त्यसको सट्टामा ‘कृ’ले कमाएको पैसाको ५० प्रतिशत हिस्सा आफूले पाउनुपर्ने र यसको लागि आफू अदालतसम्म पनि पुग्ने बताए तर रन्जितले भने ब्यक्तिगत क्षतिपूर्ति नमाग्ने तर अर्काको गीत चोर्नेलाई कानून बमोजिम सजाय हुनुपर्ने माग गरेको बताए । ‘कृ’ प्रदर्शनका लागि जापान उड्नु अघी भुवनले आपसी समझदारीमा यो बिसयलाई टुंगो लगाउने प्रतिक्रिया दिएका छन् । यो प्रकरण अब कसरी अगाडि बड्छ त्यो भने हेर्न बाँकी छ ।
तस्बिर : गुगल

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया