‘शत्रु गते’ प्रदर्शनका लागि नायक पल शाह जापानमा, आधा दर्जन बढी शहरमा प्रदर्शन हुने

फिल्म ‘शत्रु गते’ प्रदर्शनका लागी नायक पल शाह जापानको पुगेका छन टोकियो पुगेका छन । नेपालभर सफलता पुर्वक तेश्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘शत्रु गते’को खुशी साट्न आफु जापानको टोकियो पुगेको उनले बताएका छन । पलले एअरपोर्टबाटै टोकियोस्थित नाकानो जिरो हलमा फिल्म हेर्न आउन सम्पूर्ण जापानबासी नेपालीहरुलाई निम्तो दिंदै भने, ‘फिल्मलाई जापानबासी नेपालीहरुले पनि नेपालकोझैं माया र साथ दिनुहुनेछ, म विश्वस्त छु ।
‘ जापानभर फिल्म प्रदर्शनको जिम्मा लिएको ए-वान इन्टरटेन्मेन्टले पनि सम्पूर्ण तयारी पुरा भएको बताएको छ । ए-वान इन्टरटेन्मेन्टका प्रबन्धक निर्देशक कृष्ण लामाले टोकियोबाहिरबाट पनि धेरै टिकट बुकिङका लागी आएकोले पनि हाउसफुलका साथ फिल्मको शो हुनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिए । फिल्म ‘शत्रु गते’को टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा प्रदर्शन हुने प्रबन्धक लामा बताएका छन ।
प्रदिप भट्टराई निर्देशित फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको छ । फिल्म मह संचारको ब्यानरमा तयार भएको हो ।