जन्मदिनमा धुर्मुस सुन्तली फाउण्डेसनलाई बर्षाको सहयोग

- मेराेफिल्म

नायिका बर्षा सिवाकोटीले आफ्नो २४औँ जन्मदिन मनाएकी छिन् । २०५० सालमा मोरङ जिल्लामा जन्मिएकी सिवाकोटीले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै फिल्म नाईँ नभन्नु ल २ बाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन ।

उनले आफ्नो ५ बर्से फिल्मी करियरमा पशुपती प्रशाद, लप्पन छप्पन, सुब्बा साब, कारखाना, भैरे, लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । उनी पछील्लो समय फिल्म ‘जय शम्भु’को सुटिङमा ब्यस्त छिन् ।

उनै नायिका सिवाकोटिले आफ्नो जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेसनले सुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको सहयोगार्थ रु ५१ हजार सहयोग गरिकी छन् । उनले धुर्मुस सुन्तली फाउण्डेसनको कार्यालयमै गएर सो सहयोग रासी कुन्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरेकी हुन ।

२०७४ चैत २५ गते ११:५७ मा प्रकाशित

प्रतिक्रिया

One thought on “जन्मदिनमा धुर्मुस सुन्तली फाउण्डेसनलाई बर्षाको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *