प्रियंका कार्की, दयाहाङ राई स्टारर फिल्म ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज

प्रियंका कार्की, दयाहाङ राई स्टारर फिल्म भने ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । बिपी खनालको प्रस्तुती रहेको फिल्ममा प्रियंका र दयाका अलावा संजय गुप्ता, बिक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन, रितेश चाम्स, जेन बाक, हुप थापा लगायतको मुख्य भूमिका रहेको छ ।

राम कुमार केसीको छायाङ्कन रहेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन । फिल्ममा यम थापाको कथा, सम्राट बस्नेतको द्धन्द्ध, निर्देशक मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, तारा प्रकाश लिम्बु, राजन राज सिवाकोटीको संगीत, नरेश भट्टराई, दिनेश राउत, राजन राज सिवाकोटीको शब्द रहेको छ । फिल्मलाई बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स संयुक्त रुपमा निर्माण गरेका हुन । चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्माण भएको उक्त फिल्म बैशाख १४ बाट अल नेपाल रिलिज हुने भएको छ ।