‘कोहलपुर एक्स्प्रेस’ प्रदर्शनकालागी केकी र प्रियंका जापान जाँदै

फिल्म कोहलपुर एक्स्प्रेस जापानमा प्रदर्शन हुने भएको छ । ॐ शान्ती इन्टरटेनमेन्टका इश्वर श्रेष्ठले  जापान प्रदर्शनको जिम्मा लिएका छन् । जापानमा ‘कोहलपुर एक्स्प्रेस’ को पहिलो शो २७ मे मा नाकोना जिरो हल टोकियोमा हुनेछ । फिल्म जापानका फुकुओका, नायोगा, ओसाका, सिजोका लगायत १२ शहरहरुमा प्रदर्शन हुने छ । फिल्म प्रदर्शनका लागि नायिका केकी अधिकारी र प्रियंका कार्की जापान जाने भएका छन ।

केकी अधिकारीको डेब्यु निर्माण रहेको कोहलपुर एक्स्प्रेसलाई बिशाल भण्डारीले निर्देशन् गरेका हुन । फिल्ममा प्रियंका कार्की, रिचा शर्मा,केकी अधिकारि, बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म भद्र बहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रशाद चौलागाईंको संयुक्त लागानिमा निर्माण भएको हो । अर्जुन तिवारीको छायाङ्कन रहेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । फिल्ममा राजन राज सिवाकोटीको शब्द संगीत रहेको छ भने स्वर राजन राज सिवाकोटी स्वयम र मेलिना राईको रहेको छ । फिल्म बैशाख १४ मा अल नेपाल रिलिज हुँदैछ ।