तिर्सना खुशी हुँदा दंग ऋचा

स्वघोषित मोडल तिर्सना वुढाथोकीको फेसबुकमा उत्तेजक लाइभ त सधै जसो नै आउँछ । उनको लाइभ हेरेर रमाउने र उनलाई गाली गर्नेहरुको संख्या पनि कम छैन ।
तर, तिर्सनाको यो लाइभले अभिनेत्री ऋचा शर्मालाई भने खुबै आनन्द दिएकोछ । ऋचा शर्माले फिल्म ‘कोहलपुर एक्सप्रेस’मा तिर्सनाको शैलीमा आफूलाई ढालेकी छिन् । अहिले फिल्मको भन्दा ऋचा र तिर्सनाको हल्लाखल्ली बढी छ ।

अभिनेत्री ऋचा शर्मा तिर्सनाको कारण आफू हिट भएको भन्दै दंग छिन् । ऋचाले मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा तिर्सना भन्दा पनि आफू बढी हिट भएको भन्दै खुशी व्यक्त गरेकी थिइन् । ऋचाले तिर्सनाले फेसबुक लाइभमा आफूहरुलाई धन्यवाद दिएको भन्दै उनले कुनै आपत्ती नजनाएको बताइन् । उत्तेजक हाउभाउका कारण चर्चामा रहेकी तिर्सनालाई फिल्मको पात्र नै आफूबाट प्रभावित भएपछि खुशी नलाग्ने त कुरै भएन । तर, देशकै चर्चित अभिनेत्री एक साधारण मोडलका कारण आफू हिट भएको भन्दै दंग पर्नु उदेक लाग्दो कुरा होइन त ?
ऋचालाई चर्चा पाउन तिर्सनाकै साहारा लिनुपरेपछि अब केहि रह्यो र ?