विश्वकै कान्छो निर्देशकको ‘हैरान’ टिजर रिलिज

विश्वकै कान्छो निर्देशक सैगात बिष्टद्धारा निर्देशित फिल्म हैरानको टिजर सार्बजनिक भएको छ ।

कमेडी जनरामा  निर्माण भएको फिल्ममा गजित बिष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निस्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका अभिनय रहेको छ । फिल्मलाई मुक्ति घले, सृष्टि घिमिरे, डा.वाई एल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा शब्दसंगीत सत्यराज र स्वरुपराजको छ भने एरेन्ज राजन ईसानको रहेको छ । गीतलाई सत्यराज आचार्य, स्वरुपराज आचार्य, बबिता मानन्धर, गिरिस खतिवडा, सरगमा आचार्य लगायतका गायक गायिकाहरुले स्वर दिएका छन् भने नृत्य निर्देशन गम्भिर बिष्टले गरेका छन् । फिल्ममा नवराज उप्रेतीको छायांकन रहेको छ भने शान्ति प्रियाको द्धन्द्ध रहेको छ । फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । डान्स फेवरको ब्यानरमा निर्माण भएको फिल्म जेष्ठ ४ बाट अलनेपाल रिलिज हुने भएको छ ।