‘ह्याप्पी डेज’को नयाँ गीत ‘सुस्त यो’ सार्वजनिक

फिल्म ‘ह्याप्पी डेज’को नयाँ गीत ‘सुस्त यो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संचारकर्मी/रचनाकार नरेश भट्टराईको शब्द, तारा प्रकाश लिम्बूको संगीत रहेको छ भने दीपा लामा र तारा प्रकाश लिम्बूको स्वर सुन्न सकिन्छ ।

गीतमा फिल्मका दुई मुख्य पात्र अभिनेत्री प्रियंका कार्की र दयाहाङ राई फिचर्ड छन् । राम कुमार केसीको छायाङ्कन रहेको भिडियोमा अर्जुन जिसीले सम्पादन गरेका हुन । मिलन चाम्स निर्देशित फिल्म यहि शुक्रबार अर्थात बैशाख १४ गते देखि प्रदर्शनमा आउँदै छ । फिल्म हिरल जोशी, भवानी शर्मा र निर्देशक चाम्सकै संयुक्त लगानीमा बनेको हो ।