शितल निवासमा कलाकर्मी, बर्तमान समस्याबारे छलफल

आज राष्ट्रपती निवासमा पुगेर कलाकर्मीको एक टोलिले राष्ट्रपती बिद्या देवी भण्डारीलाई भेटेको छ । राष्ट्रपतिलाई दोश्रो कार्यकालको सफलताका लागि बधाई तथा शुभकामना दिन सो टोली शितल निवास पुगेको हो ।

भेटमा कला क्षेत्रको समस्या र बर्तमान अवस्थाबारे राष्ट्रपती भण्डारीलाई जानकारी गराएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मेरोफिल्मलाई जानकारी दिएका छन । ‘नेपाली फिल्म क्षेत्रको बिगत बर्तमान र भबिस्य बिषयमा केही छलफल भयो’ उनले भने, । ‘बिशेष गरी नेपाली राजदुताबासहरु भएका देशमा त्यहाँ रहेको कल्चर सेक्सनबाट नेपाली फिल्म फेस्टिभल आयोजना होस् भन्ने माग राखेका छौँ र राष्ट्रपतिबाट साकारात्मक प्रतिकृया आएको छ ।’

कलाकर्मिका बिषयमा राष्ट्रपती ज्युले पूर्ण चासो प्रकट गर्नुभएको छ यथासिघ्र हाम्रा समस्याहरु सम्बोधन हुनेमा हामी आशाबादी छौँ’ अधिकारीले भने । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा देखिएको समस्यालाई न्यूनीकरण गर्न के कस्ता नीति नियम बनाउँदा सहज हुन्छ भन्ने बिषयमा पनि हामीले राष्ट्रपती ज्युलाई जानकारी गराएका छौँ अध्यक्ष अधिकारीले भने ।  भेटमा, राष्ट्रिय चलचित्र निती कार्यान्वयनका लागि चाडै समिति गठन गर्ने, कलाकार कल्याणकारी कोषमा रकम बढाउने, प्रत्येक नेपाली राजदुतावासमा सांस्कृतिक बिभाग, र त्यसमा फिल्मको बिग्य हुनुपर्ने, विशिस्ट चलचित्रकर्मीलाई दिएको परिचयपत्रको कार्यन्वयन लगायतको विषयमा समेत छलफल भएको निर्देशक/कलाकार रबिन्द्र खड्काले जानकारी दिए ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायिका/निर्माता झरना थापा, नायिका निरुता सिंह, कलाकार बसुन्धरा भुसाल, निर्माता/नायक रमेश किरण उप्रेती, निर्देशक समाजकी अध्यक्ष सुचित्र श्रेष्ठ, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्माता केशब भट्टराई, कलाकार टिका पहाडी, निर्देशक/कलाकार रबिन्द्र खड्का लगायतका कलाकारको टोलिले राष्ट्रपती बिद्या देवी भण्डारीलाई भेटेको हो ।