सुनकेशरी ‘डेयर टु स्केयर’ भिडियो कन्टेस्ट

जेठ ११ गते देखि रिलिज हुने फिल्म सुनकेशरीले ‘डेयर टु स्केयर’ भिडियो कन्टेस्टको आयोजना गरेको छ । यस प्रतियोगितामा १८ बर्ष भन्दा माथिका दर्शकहरुले भाग लिन सक्नेछन । स्केरी प्रान्क भिडियो बनाएर आफ्नो यूट्युबमा अपलोड गरी सुनकेशरीको अफिसियल फेसबुक पेजमा त्यसको लिन्क पठाउनु पर्नेछ । भिडियोमा वालवालिका र बृद्ध बृद्धाहरुलाई सामावेश गर्न पाईने छैन, भिडियो हेर्दा रमाईलोसँगै डर मिसिएको हुनुपर्नेछ भने सुनकेशरीको टाइटल र रिलिज डेट समेत भिडियोमा राख्नु पर्नेछ ।

जेष्ठ १० गते सम्मको डेडलाईन रहेको यस प्रतियोगिताका बिजेताले नगद रु १०,००० सहित सुनकेशरीको टिकेट प्राप्त गर्नेछन । अभिनेत्री निर्माता ऋचा शर्माको निर्माण रहेको ‘सुनकेशरी’लाई अभिनेता निर्देशक अर्पण थापाले निर्देशन् गरेका छन् । रिचा शर्मा, सन्नी ढकाल, रबिन्द्र झा लगायतको अभिनय रहेको फिल्ममा नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा ऋचासँगै मनोज अधिकारीले निर्माण सहकार्य गरेका छन् । फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ ।