फिल्म’हिरो रिटर्न्स’को शिर्ष गीत ‘हिरो’ सार्वजनिक

फिल्म’हिरो रिटर्न्स’को शिर्ष गीत ‘हिरो’ रिलिज भएको छ । सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठसँगै अभिनेत्री आँचल शर्मा फिचर छन् । यसअघि फिल्मसँग जोडिएर कतै पनि नदेखाइएकी आँचलको गीतमा भने देखिएकी छिन् । तर फिल्मकी मुख्य अभिनेत्री रेखा थापालाई भने गीतमा देखाइएको छैन ।

टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको रहेको छ । हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सम्पादन मित्र डि. गुरुङको रहेको छ ।आशिष भेटवालको निर्देशनमा बनेको फिल्मलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन् । भिम भिम न्यौपाने र अमित श्रेष्ठ निर्माता रहेको फिल्ममा टंक बुढाथोकी र दीपक शर्माको संगीत रहेको छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मलाई हेटौंडा र काठमाडौं खिचिएको हो । ‘हिरो रिटर्न्स’मा प्रस्तुतकर्ता रहेका सविन र रेखासँगै दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा(दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । यसअघि बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हिरो रिटर्न्स’ रिलिज पोष्टपोण्ड भएको छ ।