सुदूरपश्चिममा ‘रणवीर’

एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्म ‘रणवीर’ युनिट उपत्यकामा झन्डै ६५ दिनको छायाँकन सकाएर सुदुरपस्चिम पुगेको छ । ३ साता सुदूरपश्चिममा रहने फिल्म युनिटले फिल्मका केहि दृश्य र दुई गीतको छायाँकन गर्ने छ । फिल्म युनिटले छायाँकन स्थलबाट केहि तस्बिर सार्वजनिक गरेको छ ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ निर्माता दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट , टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दै्छिन । महेश पौडेलको छायाँकन रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् ।

निर्माता दिपेन्द्र रेग्मीले भने ‘फिल्मको छायाँकनको लागि हामी युनिट सहित महेन्द्रनगरमा छौ । हामी शुक्रबार देखि धनगढी तथा आसपासका क्षेत्रमा छायाँकन गर्नेछौ । फिल्मलाई राम्रो बनाउँ कहिँ कतै सम्झौता गरेका छैनौ । फिल्मको दृश्य सहित दुई गीतको छायाँकन यहिँ गरेका छौ । फिल्ममा युवाको सघर्ष र उसको भोगाईलाई चित्रण गरेका छौ । यसमा एक्सन , ड्रामा , रोमान्स सबैको मिश्रण दर्शकले पाउनु हुनेछ ।’