कप्स बन्दै अनुपबिक्रम शाही

नकारात्मक क्यारेक्टरका रुपमा छुट्टै पहिचान बनाउन सफल अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘कप्स’ बन्न लागेको छ । अनमोलको फिल्म ‘क्याप्टेन’ मा आएको अफरलाई टुक्र्याउदै उनी ‘कप्स’ मा आउन लागेका हुन् । भर्खरै ‘जय शम्भु’ र ‘जाइरा’ को सुटिंग सकेर बसेका उनले ठुलो लगानीमा बन्न लागेको फिल्म ‘कप्स’ मा मोटो पारिश्रमिक लिएको चर्चा छ । अनुप यस फिल्ममा एक निडर, कर्तव्यनिष्ठ र देशभक्त प्रहरी अधिकृतको भुमिकामा देखिन लागेका छन् ।
सम्राट सापकोटाको डेब्यू निर्देशनमा बन्न लागेको ‘कप्स’ मा नव अभिनेत्री सन्दीपा लिम्बु अनुपको अपोजिटमा देखिने छिन् । मोडलिङमा करियर बनाइसकेकी सन्दीपा सँगै अमित गिरी फिल्ममा लिड रोलमा रहने बताइएको छ । एक्शन लभस्टोरी जनरामा बन्न लागेको फिल्मलाई नेपालका साथै विदेशमा खिचिने छ । वर्कसप सहितका सबै तयारी सकिसक्दा पनि फिल्मको फ्लोर मिति भने खुलाइएको छैन ।

नाजिर हुसेनः अब्बल अभिनय गर्छन् तर किन चल्दैनन् ?

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दयाहाङ

दिवाकरको ‘मायाबी’को छायांकन सकियो

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया