जगन निरौलाको ‘सगरमाथा छानो मुनी’ सार्वजनिक

गायक जगन निरौला आफ्नो राष्ट्रियभक्तिको गीत ‘सगरमाथा छानो मुनी’ लिएर दर्शकसामु आएका छन् । गीतमा उनले नेपाल घुम्न समेत अनुरोध गरेका छन् । गीतको शब्द स्वयम गायक जगनकै रहेको छ भने संगीत चन्दु गोर्खालीले गरेका हुन् । उक्त गीतको म्युजिक भिडियोमा राज थापा, सोनिया गरास, विश्व राई, बिदुर काफ्ले, मन्जु सोनाम, पुजा शाही लगायतको अभिनय रहेको छ । भिडीयो सिकागोका बिभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । उक्त भिडीयोमा आर एल शेर्पाको छायांकन तथा निर्देशन रहेको छ ।