करिश्माकी छोरी र शिवका छोरा एउटै फिल्मबाट डेब्यू गर्दै !

आफ्नै होम प्रोडक्शनबाट छोरीलाई फिल्ममा लञ्च गर्ने तयारीमा रहेकी अभिनेत्री करिश्मा मानन्धरले अब त्यो मौका नपाउने भएकी छिन् । उनकी छोरी कविता शिव श्रेष्ठद्वारा निर्मित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट डेब्यू गर्ने भएकी छिन् । यसको पुष्टी निर्माता दीपेश सापकोटाले गरेका हुन् ।

यसै फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि फिल्ममा डेब्यू गर्दैछन् । यद्यपी यो कुराको औपचारिक घोषणा हुन भने बाँकी छ । निर्माण यूनिटले छिट्टै प्रेसमिट गरी दुबै जनालाई मिडियामा ल्याउने तयारी गरिरहेको छ । एक्सन स्टार शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ‘एउटा यस्तो प्रेम कहानी’ मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, शिव श्रेष्ठलगायतका कलाकारहरुको समेत अभिनय रहनेछ । फिल्मको कथा शिव श्रेष्ठको आफ्नै रहेको छ ।