कबिता र शक्तिसंगै “एउटा यस्तो प्रेम कहानी” टिजर रिलिज

शिव श्रेष्ठको फिल्म “एउटा यस्तो प्रेम कहानी” को टिजर रिलिज भएको छ । यसै फिल्मबाट उनले आफ्ना छोरा शक्ति श्रेष्ठ तथा अभिनेत्री करिश्मा मानन्धरकी छोरी कवितालाई डेब्यु गराएका छन । मंगलवार काठमाडौंमा एक कार्यक्रम गरी शक्ती र कबितालाई लन्च गरिएको हो ।

‘आफ्नै पिताको फिल्मबाट डेब्यु गर्न पाउँछु होला जस्तो लागेको थिएन । उहाँले फिल्मको कुरा गर्न पहिलो पटक फोन गर्दा जोक गर्नुभएको जस्तो लागेको थियो तर रियल रहेछ । निकै खुशी छु’ शिव पुत्र शक्तीले भने । आफ्नै होम प्रोडक्सनबाट डेब्यु गर्ने भनिएकी करिश्मा पुत्री कबिताले भनिन ममी (करिस्मा मानन्धर)को लागि त म कहिले पनि रेडी थिइन मलाई सानै सोच्नुहुन्थ्यो तर शिव अंकलले मलाई ट्रस्ट गर्नु भयो । म आफ्नो तर्फबाट सक्दो मेहनत गर्नेछु ।’

फिल्म निर्माणमा होमिएका श्रेष्ठ आँफै पनि एक्सन स्टारको रुपमा परिचित छन र उनले आफ्नो फिल्ममा खलनायकको भूमिकाकालागि सिङ्गापुरमा रहेका मार्शल आर्ट खेलाडी प्रभू श्रेष्ठ, दर्जनौं हिन्दी फिल्ममा काम गरिसकेका नवराज विकलाई अनुबन्ध गरेका छन ।

फिल्ममा डिआईजीको भूमिकामा भने बहालवाला डीआईजी पवन खरेल रहने छन् । सुनील कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह सह निर्माता रहेको फिल्म दिनेश दर्शनधारी, यशोदा राईले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

फिल्ममा अर्जुन पोखरेल, वसन्त सापकोटा र सन्तोष रजौरे लगायतको संगीत रहनेछ भने आनन्द कार्की, अन्जु पन्त, विश्व नेपाली, विष्णु चेम्जोङ्ग, सन्तोष रजौरे र मीना निरौलाको स्वर रहनेछ । कविराज गहतराज, वसन्त श्रेष्ठ, गोविन्द राई र कमल राई लगायतको नृत्यनिर्देशन रहेको फिल्ममा रोशन भट्टराईको द्वन्द्व हेर्न सकिने छ ।

फिल्ममा शक्ति र कविताका अलावा करिश्मा मानन्धर, प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला, बसुन्धरा भूसाल, शिवानी गिरि लगायतको अभिनय रहनेछ ।