अनमोलको फुटबल प्रेम

अनमोल केसी फुटबल खेलको नजिक हुँदै गएका छन् । फिल्म ‘क्याप्टेन’मा फुटबल खेलाडीको रुपमा देखिन लागेका उनी केही महिना एन्फामा प्रशिक्षण समेत लिएका थिए । हालै उनले आफ्नो फेसबुकमा एक भिडियो पोस्ट गरेका छन जसमा उनले एक औँलामा फूटबल घुमाइरहेका छन ।
https://www.facebook.com/Anmolkaycee/videos/10155609557084639/?t=6
यसले पनि अनमोलको फूटबल प्रतिको प्रेम दर्साएको छ । हाल झापाको दमकमा फिल्मको छायांकन भैरहेको छ । केही दिन अगाडी फिल्म छायाङ्कनका केहि तस्विर समेत बहिरिएका थिए । फिल्ममा अनमोलको को-स्टारका रुपमा प्रियंका एमभी र उपासना सिंह ठकुरी रहेका छन् । फिल्ममा अभिनेता प्रशान्त ताम्राकार उनका फूटबल कोचका रुपमा देखिँदै छन भने अभिनेता सुनिल थापा राष्ट्रिय फूटबल प्रशिक्षक । लिक भएको फोटोलाई हेर्ने हो भने फिल्ममा विल्सन बिक्रम राई अनमोलको टिम मेम्बरका रुपमा देखिनेछन । भुवन केसीले निर्माण गर्ने फिल्ममा ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराईको निर्देशन रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया