‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ’ – प्रसंग ‘रोजी’ शुभसाइत

फिल्म रोजीको छायांकन सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘रोजी’को शुभसाइत गरिएको छ । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकार प्रदिप खड्काको भिन्न अवतार देख्न पाइयो । उनी लामो कपाल, लामो दाह्री–जुंगा, चाउरी पर्न लागेको अनुहार, हातमा हतकडी लगाएर उपस्थित थिए । उनको यो रुप फिल्मको एक द्रिश्यका लागि थियो । खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य छायाङ्कन गरिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’

निरक पौडेलको निर्देशनमा तयार हुन लागेको फिल्मलाई आरोही इन्टरटेनमेन्ट र गोपिकृष्ण मुभिजले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्मको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य छायाङ्कन गरिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’

फिल्ममा प्रदिपसँगै साथमा कर्मा, परमिता आर एल राणा, मिरुना मगर लगायत मुख्य भूमिकामा छन् ।