राजवल्लभ आए, इन्टरभ्यू दिए अनी फर्किए

केही फिल्ममा काम गरेपछि कुनै पनि कलाकारलाई त्यसको नशा लाग्छ । त्यही नशाका कारणले पनि बेलाबखत उनीहरुलाई चर्चामा आउन मन लाग्छ ।
अभिनेता राजवल्लभ कोइरालाले नेपाली फिल्ममा राम्रै नाम कमाएका थिए । तर, नाम कमाउँदा कमाउँदै राजवल्लभ अमेरिका हानिए र उतै बसे । अमेरिकामा रहँदै उनले बिहे पनि गरे । बिहे गरेपछि उनी नेपाल आए, पारिवारिक भेटघाटका लागि ।
तर, नेपाल आएको समयमा राजवल्लभलाई मिडिया मोहले भने छाडेन । उनले, विभिन्न युटुब च्यानलहरुमा पत्नीसँग इन्टरभ्यू पनि दिए । राजवल्लभलाई नेपाली फिल्ममा दर्शकले खोजिरहेका छन् ।
राजवल्लभ अब नेपाली फिल्ममा फर्कने संभावना देखिदैन । तर, फिल्ममा काम नगरेपनि राजवल्लभलाई मिडियामा छाउने रहर भने पलायो । उनी अमेरिकाबाट आए, इन्टरभ्यू दिए र फर्किए ।
‘पर्खी बसे’ जस्तो हिट फिल्मबाट डेब्यू गरेपनि राजवल्लभले त्यसपछि हिट फिल्म दिन सकेका थिएनन् । यसैले पनि फिल्म क्षेत्रमा करिअर नदेखेपछि उनी अमेरिका हानिएका थिए ।
तर, जे जस्तो भएपनि चर्चामा आउन त मन लाग्ने रहेछ नी ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया