समुन्द्रको कस्तो साथी बन्न चाहन्छिन एलिजा ? (भिडियो)

ऋषि धमला पत्नी एलिजा गौतमको मुख्य भूमिका रहेको फिल्म ‘अनुराग’ को दोश्रो गीत ‘यस्तो साथी तिम्रो’ बोलको गितमा रिलिज भएको छ । फिल्मका निर्देशक सत्यराज चौंलागाईंको शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।

एलिजासँगै नव नायक समुन्द्र पन्डित भिडियोमा प्रस्तुत भएका छन । फिल्म यूनिटले यसअघी ‘कान्छा दाई गाना बजाई देउन’ बोलको गीत सार्वजनिक गरिसकेको छ ।
एरिका फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ऋषीराज धमला हुन । फिल्ममा एलिजा र समुन्द्रका अलावा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहोन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म ‘अनुराग’लाई भरत गौतम र गीता भेटवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्म साउन २५ देखि अल नेपाल रिलिज हुनेछ ।