‘कुम्भ करण’ ट्रेलर, निशाको प्रेममा शिक्षक देखि पिउनसम्म

फिल्म ‘कुम्भ करण’ असार २२ मा रिलिज हुने भएको छ । फिल्म नेपालसंगै अष्ट्रेलिया र अमेरिकामा समेत रिलिज हुँदै छ । आज एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

प्युठान र काठमाडौंमा छायाङ्कन भएको फिल्म करोड बडिको लगानिमा निर्माण भएको निर्माण टिमले बताएको छ । आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मका प्रस्तुतकर्ता समेत आकाश पल नै हुन ।

फिल्ममा भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहाडी, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुल्दिप अधिकरी, प्रतिभा छेत्री लगायतको अभिनय रहेको छ । कथा, पटकथा तथा संबाद महेश दवाडिको रहेको फिल्मको निर्देशन दिपक ओलीले गरेका हुन् ।

गिर प्रशाद घर्ती मगर र बिजय श्रेष्ठ सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधी रिजाल (अरुण) हुन भने फिल्मको निर्माण चित्र बहादुर घर्ती मगर र क्षितिज बस्नेतले गरेका हुन ।
फिल्ममा गोविन्द मधुर आचार्यको संगीत रहेको छ । फिल्ममा शिक्षिका, शिक्षक र पिउन बिचको प्रेम कथा देखाइएको छ ।

फिल्ममा मुख्य भूमिकामा रहेकी नायिका निशा अधिकारीको स्वर भन्ने सुन्न पाइने छैन । उनी गर्भवती रहेको र अमेरिकामा पनि रहेकाले उनको डबिङ अरु कलाकारले गरेका छन ।

फिल्मका कलाकार तथा प्रस्तुतकर्ता आकाश ओलीले भने, ‘हुन त अहिले मैले बोलेर केही हुँदैन शुक्रबार र शनिबारको दर्शकको उपस्थितीले फिल्मको अवस्था बताइहाल्छ । तर, फिल्म हेरेर फर्किदा दर्शकले छि भन्नु हुनेछैन’ त्यसको म ग्यारेन्टी लिन सक्छु ।’ उता फिल्मका नायक गौरव पहाडीले यो फिल्ममा जती आफुले शुद्ध नेपाली अहिले सम्म कुनै फिल्ममा नबोलेको बताए ।