फिल्म ‘भैरे’ अब साउन ४मा

फिल्म ‘भैरे’को प्रदर्शन मिति सरेको छ । जेठ १८ बाट प्रदर्शनमा आउने भनेको फिल्म सरेर साउन ४ मा रिलिज हुने भएको छ ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको भैरेमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीको निर्माण रहेको छ भने सह-निर्माताका रुपमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत रहेका छन । फिल्मका कार्यकारी निर्माता लेख बहादुर पुन हुन ।
‘भैरे’मा पुरुषोत्तम प्रधानको छायाङ्कन, सूर्य थोक्करको द्वन्द्व, बनिष शाहको सम्पादन रहेको छ भने नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया